images
images

कालिमाटी तरकारी बजारमा १२ जना कोरोना संक्रमित भेटेपनि, भिडभाड उस्तै


  • 384
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    कालिमाटी तरकारी बजारमा १२ जना कोरोना संक्रमित भेटेपनि, भिडभाड उस्तै

    काठमाडौं । कालीमाटी तरकारी बजारमा काठमाडौं महानगरपालिकाले गरेको झण्डै ४०० पीसीआर परीक्षणका क्रममा १२ जना संक्रमित भेटिएका थिए ।

    निषेधाज्ञाको समयमा पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भीड लाग्ने गरेको छ ।

    कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भीड नियन्त्रण गर्न नसकिएको बताए । 

    बोहोराका अनुसार एक किलो प्याज किन्न पनि कालीमाटी तरकारी बजार आउनेहरु समेत प्रशस्तै भेटिएको बताउँछन् ।

    प्रहरीले  माइकिङ गर्दै आएपनि एकैछिन भीड तितरवितर भएजस्तो हुने त्यसपछि फेरि जात्रामा जस्तै भेला हुने उनको भनाइ छ ।  

     

     

     

     


    images
    images

    Logo