images
images

यी ३० वटा अस्पतालले निःशुल्क कोरोना संक्रमितको उपचार गर्ने


  • 315
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    यी ३० वटा अस्पतालले निःशुल्क कोरोना संक्रमितको उपचार गर्ने

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको दर बढ्दै गएपछि सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । 

    यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।


     ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उपचार सेवा दिँदै आएको छ । 

    केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउँछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ । 


    images
    images

    Logo