काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) १.५४ अंकले बढेको छ । सोमबार नेप्से सो बराबर बढ्न आउँदा २ हजार ५ सय ४४ दशमलव ९४ मा पुगेको छ ।
नेप्सेका अनुसार सोमबार २ सय ३० कम्पनीको २ अर्ब ६० करोड बराबरको ५३ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ परिसुचक मध्ये ४ हरियो भएको छन भने ९ राताम्मे भएका छन् ।
आज शिवम सिमेन्टको सबैभन्दा बढी २७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनीको १२ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका हुन् ।



