काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६६ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ३९ अंकमा पुगेको छ । कारोवारमा आएका २ सय ३० कम्पनीको २ अर्ब ४९ करोड बराबरको ५१ लाख ३९ हजार बराबरको कित्ता किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ परिसुचक मध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटा राताम्मे भएका छन् । आज बैंकिङ समुहमा ३.२८ अंक, विकास बैंकमा १.२४, अन्यमा ०.८५ र होटल तथा पर्यटनमा ०.०५ अंकले वृद्धि भएको छ ।
आज शिवम सिमेन्टको सबैभन्दा बढी २५ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा नेपाल लाईफ इन्स्योरेन्सको १४ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।



