images
images

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २४६ जनाको मृत्यु 


  • 341
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    कोरोना भाइरस संक्रमणका कारण एकै दिन २४६ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । 

    पछिल्लो २४ घण्टामा नेपालभर ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । 

    आज गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । 

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

    कोरोना भाइरस संक्रमणका कारण एकै दिन २४६ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।

     


    images
    images

    Logo