images
images

भारतमा दोस्रो भेरियन्टको असर बढ्दो, एकैदिन ४ हजार ५२९ जनाको मृत्यु


  • 311
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    भारतमा दोस्रो भेरियन्टको असर बढ्दो, एकैदिन ४ हजार ५२९ जनाको मृत्यु

    काठमाडौं । भारत अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । कोरोना को दोस्रो भेरियन्ट देखिएसँगै यसले अझै तनाव र्सिजना हुने देखिन्छ । 

    यसैगरि, पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । 

    उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

    भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । 

    यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।

    भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । 


    images
    images

    Logo