काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसुचक ( नेप्से) ६३.९८ अंकले घटेर २ हजार ५ सय ४६ दशमलव ६० अंकका पुगेको छ ।२ सय २८ कम्पनीको ३ अर्ब ६२ करोड बराबरको ७ लाख ६२ हजार कित्ता बराबरको शेयर किनबेच भएको छ । आज १३ वटै उपसुचक राताम्मे भएका छन् ।
आज फाइनान्स कम्पनीको लगानीकर्ताले धेरै गुमाएका छन् । यस समूहको शेयर बजारमा ३.६५ प्रतिशतले घटेको छ भने दोस्रो धेरै गुमाउने कम्पनी लगानी समुहको रहेको छ जसको ३.६३ प्रतिशतले घटेको छ ।
सबैभन्दा कम गुमाउने लगानीकर्ता म्युचअल फण्ड समुहको हो यसको १.४५ प्रतिशतले घटेको छ । अरु समुहको लगानीकर्ताको हेरेर यस समुहको लगानीकर्ताले कम प्रतिशत गुमाएका हुन् ।
आज बजारमा १ सय ९१ कम्पनीको कारोबार भएकोमा १ सय ८८ वटा कम्पनीको शेयरमूल्य घटेका छन् भने ३ वटा कम्पनीको मात्रै मूल्य बढेका छन् । यसरी बढ्ने कम्पनीमा सिभिल बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स र स्वाभिमान लघुवित्त रहेका छन् ।



