काठमाडौं । आज शेयर बजार खुलेको १ घण्टाको अवधिमा ४२.३१ अंकले घटेको छ । प्रि ओपन सेसनमा २ अंकले बढेको बजार १ घण्टाको सो अंकको गिरावट आएको हो ।
यो समाचार तयार गर्दा सम्म २ सय ९ कम्पनीको ८ करोड ७५ लाख १८ लाख बराबरको २५ हजार कित्ता कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीहरु ७ कम्पनीको मूल्य बढेको छ भने १ सय ७५ कम्पनीको शेयर मुल्य घटेको छ ।