images
images

शेयर बजारमा 'बियरिस ट्रेन्ड' देखियो, सुरुवाती समयमा बढेको बजारमा भारी गिरावट


  • 561
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    शेयर बजारमा 'बियरिस ट्रेन्ड' देखियो, सुरुवाती समयमा बढेको बजारमा भारी गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४३.१० अंकले घट्दा २ हजार ६ सय १० दशमलव ६० अंकमा पुगेको छ । आज बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज कारोबार बढ्दा ३ अर्ब ६६ करोड बराबरको ३८ लाख ३४ हजार कित्ता बराबरको शेयर कारोबार भएको छ ।

    आज बजार घट्दा ७ कम्पनीको शेयर बजार बढेको छ भने १ सय ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज बजारमा आएका १३ समुहको परिसुचक राताम्मे भएका छन् ।

    आज सबैभन्दा बढी हाइड्रोपावरको लगानीकर्ताले गुमाएका छन् । हाइड्रोपावरको आज ३.०९ प्रतिशतले घटेको छ भने टेडिङको २.९५ प्रतिशतले घटेको छ । म्युचअल फण्टको लगानीकर्ताले सबैभन्दा कम गुमाएका छन् भने ०.१३ प्रतिशतले मात्रै गुमाएका हुन् । बजारमा सबैभन्दा बढी तेह्थुम कम्पनी पावर लिमिटेडको सेयरमूल्य घटेर ७ सय २० अंकमा पुगेको छ । त्यस्तै घट्ने कम्पनीहरु मध्ये  सामलिङ पावर कम्पनी , दिव्यस्वोरी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत परियोजना, न्यादी हाइड्रो पावर कम्पनी लगायतका छन् ।


    images
    images

    Logo