images
images

२० करोडको स्वास्थ्य सामग्री सहयोग गर्दै गोर्खा ब्रुअरी


  • 538
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्दै गोर्खा ब्रुअरी

    काठमाडौं । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरीले २० करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । 

    ब्रुअरीको संयोजनमा नेपाल भित्र्न लागेको उक्त स्वास्थ्य सामग्री अर्कोसाता  आइतबार अर्थात सोमबारसम्म सरकारलाई हस्तान्तरण गरिसक्ने ब्रुअरी उच्च स्रोतले जानकारी दिएको छ । ब्रुअरी सरकारलाई तत्काल उपयोग हुन सक्ने गरी स्वास्थ्य सामग्री सहयोग गर्न लागेको हो । 

    सिंगापुरबाट विमान चार्टड गरेर ढिलोमा पनि आइतबार÷सोमबारसम्म सामान हस्तान्तरण गर्ने तयारी हामीले गरिरहेका छौं, ब्रुअरी स्रोतले भन्यो ‘हामी एयरपोर्टबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गछौं ।’ उक्त सामग्री हस्तान्तरणका बेला स्वास्थ्य मन्त्री तथा सचिव को आउनु हुन्छ,’ अहिले निर्णय भइसकेको छैन ।

    सो सहयोगमा गोर्खा ब्रुअरीको ३६ वटा भन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ । अन्य स्वास्थ्य सहयोग सामग्रीहरूमा कोभिड–१९ परीक्षण गर्ने टेष्ट किट, अक्सिमिटर, विपाप मेशिन तथा अन्य उपकरण रहेको छ ।

    कोभिड टेष्ट गर्ने किट सकिन लागेको जानकारी स्वास्थ्य मन्त्रालयबाट थाहापछि हामीले सो उपकरण पनि ल्याउन लागेका हौं,’ ब्रुअरीले भन्यो । सहयोगमा मुख्य भुमिका तामासेक फाउन्डेसन सिंगापुरको रहेको छ । उक्त सामान नेपाल ल्याउनका लागि गोर्खा ब्रुअरीले संयोजनको भुमिका आफूले खेलेको जनाएको छ । 

     


    images
    images

    Logo