images
images

सरकारी ठूला अस्पताललाई ४० र सानालाई २० अक्सिजन सिलिण्डर सहयोग गर्दै चेम्बरका व्यवसायी


  • 552
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    सरकारी ठूला अस्पताललाई ४० र सानालाई २० अक्सिजन सिलिण्डर सहयोग गर्दै चेम्बरका व्यवसायी

    काठमाडौं । कोभिड–१९ को पहिलो भेरियन्ट आएका बेला माक्स सिलाउने मेशिन आयात गरेर बजारमा माक्सको आपूर्ति व्यवस्थापन मिलाएको आईएमएस ग्रूपले यो वर्ष पनि सरकारी अस्पताललाई अक्सिजनको सिलिण्डर प्रदान गरेर सहयोग गर्ने भएको छ । 

    तर, यो वर्ष गर्ने सहयोगमा भने ग्रूप आफै प्रत्यक्ष रुपमा सहयोग नभइ  नेपाल चेम्बर अफ कमर्शको माध्यमबाट गर्ने तयारी गरिएको छ । देशभर भएका साना ठूला सरकारी अस्पताललाई अक्सिजनको सिलिण्डर दिनका लागि संयुक्त रुपमा सहयोग प्याकेजको कार्यक्रम अघि बढाइएको आईएमएस ग्रूपमा अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए । मलहोत्रा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष हुन् । 

    ‘यो अभियानमा आईएमएस ग्रूपजस्तै अन्य उद्यमी तथा व्यवसायीहरूको पनि साथ र सहयोग छ,’ उनले भने ‘चेम्बरले अब सानो सहयोगमाभन्दा पनि प्रभावकारी र परिणाममुखी सहयोग गर्न खोजेको हो ।’ यो अभियानमा आईएमएस ग्रूपले ५ सय अक्सिजनको सिलिण्डर सहयोग गर्ने जनाएको छ ।
    यहि सातामात्रै उपत्यकाको विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग गरेको चेम्बरले अब देशभरका सरकारी अस्पताललाई अक्सिजनको सिलिण्डर सहयोग गर्न तथ्यांक बनाइरहेको छ । चेम्बरले यो सहयोगपछि देशको आवश्यकता अनुसार अन्य सहयोग पनि देशव्यापी रुपमा गर्दै जाने मलहोत्राले बताए ।

    ‘चेम्बरले देशभर रहेका सरकारी अस्पतालको तथ्यांक संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ‘हामी त्यसपछि ठूला अस्पताललाई ४० र साना अस्पताललाई १५/२० वटाका दरले सिलिण्डर सहयोग गर्ने छौं ।’ अहिले एउटा अक्सिजनको सिलिण्डरको बजार मूल्य १३ हजार रुपैयाँ हो, सोही अनुसार हामी खर्चको व्यवस्थापन मिलाउँदै छौं ।’ 

    उनले सहयाृग गर्नका लागि ल्याउन लागेको अक्सिजनको सिलिण्डर चाइनबाट हिडेपनि नेपाल भने भित्रिनसकेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा साना ठूला गरी १०८ वटा सरकरी अस्पतालहरू सञ्चालनमा रहेका छन् । 
    नेपालमा सञ्चालित सरकारी अस्पतालहरू
    अञ्चल अस्पतालः ११
    क्षेत्रीय अस्पतालः ६
    शिक्षण अस्पतालः ५
    रोग विशेष अस्पतालः १९ 
    केन्द्रीय अस्पतालः ११
    जिल्ला अस्पतालः ५६
    स्रोतः स्वास्थ्य मन्त्रालय 

    गत वर्ष नेपालमा कोरोना भाइरस भित्रिएपछि नेपाली बजारमा भएको माक्सको हाहाकारलाई व्यवस्थापन मिलाउन पनि आर्यएमएस ग्रूपले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला ग्रूपले भारतबाट २ वटा मेशिन ल्याएर बजारमा भएको माक्स अभावलाई राहत प्रदान गरेको थियो । ग्रूपले त्यतिबेला १ करोड माक्स उत्पादन गरेकोमा १५ लाख माक्स निःशुल्क वितरण गरेको थियो । 


    images
    images

    Logo