काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से मा २ वटा कम्पनीको ३ करोड भन्दा बढि कित्ता बोनस शेयर सुचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र प्रभु बैंककोको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
ग्लोबल आईएमई बैंकको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, प्रभु बैंककोको १२ प्रतिशत बोनस शेयर बापदको १ करोड ३६ लाख १६ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।



