images
images

१७ अंकले शेयर बढ्दा फाइनान्स र  टेलिकमका लगानीकर्ता 'मालामाल'


  • 440
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    १७ अंकले शेयर बढ्दा फाइनान्स र  टेलिकमका लगानीकर्ता 'मालामाल'

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से १७.४२ अंकले बढेर २ ७ सय ३५ दशनलव ९३ अंकमा पुगेको छ । आज २ सय २८ कम्पनीको ३ अर्ब २१ करोड बराबरको ६० लाख ८१ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएका १ सय ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज शेयर बजार बढ्नुका साथै शेयर कारोबारमा पनि वद्धि भएको छ । हिजो २ अर्ब ९९ करोड कारोबार भएको थियो । 

    आज कारोबारमा  आएका १३ समुहको परिसुचक मध्ये २ कम्पनी राताम्मे भएका छन् भने बाँकी रहेका ११ कम्पनीमा हरियाली छाएको छ । कारोबारमा आएका फाइनान्स र अन्य समुहको लगानीकर्ता भने मालामाल भएका छन् । फाइनान्सको १.९१ प्रतिशतले बढेको छ भने अन्य समुहको १.९८ प्रतिशतले बढेको हो । अन्य समुहमा रहेको टेलिकमको ४२ अंकले बढेको छ भने १ हजार ७ सय ७९ रुपैयाँमा शेयर मुल्यमा कारोबार भएको छ । 


    images
    images

    Logo