काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ ले बढेर चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी चार हजार ६४५ मा किनबेच भएको थियो ।