images
images

सुनको मूल्य चार दिनमा १७ हजार ८ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोवार ?


  • 143
    SHARES
  • २०८३ श्रावण २४ गते आइतबार

    सुनको मूल्य चार दिनमा १७ हजार ८ सय रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोवार ?

    काठमाडौं । निरन्तर उकालो लागेको  सुनचाँदीकै मूल्य आज पनि उच्च वृद्धि भएको छ। सुनको मूल्य आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार सात सय पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँ बढेको थियो।  

    गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको छ।  त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
     
    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 


    images
    images

    Logo