images
images

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा


  • 120
    SHARES
  • २०८३ श्रावण २२ गते शुक्रबार

    कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

    झापा। कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ।

    २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो।

    अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ।

    वडा नम्बर ६ मा २९, वडा नम्बर ४ मा १९, वडा नम्बर २ मा १७, वडा नम्बर ५ मा १७, वडा नम्बर ३ मा १६, वडा नम्बर ९ मा १४, वडा नम्बर ८ मा १०, वडा नम्बर १ मा आठ र वडा नम्बर ७ मा सात जना गरी कुल १३७ बालबालिका कक्षा ८ पूरा नगरी विद्यालय बाहिर रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले राससलाई बताए।


    images
    images

    Logo