images
images

ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल


  • 100
    SHARES
  • २०८३ श्रावण १९ गते मंगलबार

    ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

    झापा । जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ।

    त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गेलालले ग्यास अभावको सूचना प्राप्त हुनासाथ प्रशासनले उद्योगी तथा व्यवसायीलाई बोलाएर आपूर्ति सहज बनाउन आवश्यक समन्वय थालेको बताए। उनले बजारको निरन्तर अनुगमन गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन प्रशासन सक्रिय रहेको पनि जानकारी दिए।

    “कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठग्ने प्रयास गरिए तत्काल कारबाही गर्छौँ”, प्रमुख जिल्ला अधिकारी गेलालले भने, “छलफलमा ग्यास उद्योगीले आपूर्ति व्यवस्थापनमा केही समस्या देखिए पनि झापामा ग्यासको वास्तविक अभाव नरहेको बताएका छन्।”

    उद्योगी मार्स प्रसाईंले उपभोक्तालाई आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापन सहज बनाउन उद्योगी, नेपाल आयल निगम र जिल्ला प्रशासनबीच निरन्तर समन्वय भइरहेको बताए।

    उनका अनुसार आधा सिलिण्डरबाट पुनः १४।२ केजीको पूर्ण सिलिण्डर वितरण प्रणालीमा फर्किएपछि आपूर्ति श्रृङ्खलामा केही दबाब मात्र परेको हो। केही समयमै आपूर्ति व्यवस्था सहज भई भइ उपभोक्तालाई आवश्यक ग्यास उपलब्ध गराउन उद्योग र उद्योगी सक्षम हुने छन्।

     


    images
    images

    Logo