images
images

‘एन्फा निलम्बन हटाउन फिफासँग समन्वय भइरहेको छ’ : मन्त्री पोखरेल


  • 49
    SHARES
  • २०८३ श्रावण १९ गते मंगलबार

    ‘एन्फा निलम्बन हटाउन फिफासँग समन्वय भइरहेको छ’ : मन्त्री पोखरेल

    काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ ९एन्फा० माथिको निलम्बन हटाउने विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)सँग निरन्तर संवाद भइरहेको बताएका छन्।

    मंगलबार सञ्चारकर्मीसँगको छलफलमा मन्त्री पोखरेलले सरकारको तर्फबाट फिफासँग इमेलमार्फत नियमित सम्पर्क भइरहेको जानकारी दिए। बाहिरबाट सरकार निष्क्रिय देखिए पनि समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ।

    उनले आगामी साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता सुनिश्चित गर्ने गरी तयारी भइरहेको बताए। खेलाडीको अधिकार र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई ध्यानमा राखेर सरकार सक्रिय रहेको उनले उल्लेख गरे।

    मन्त्री पोखरेलले आगामी दिनमा एन्फाको नेतृत्वमा फुटबल क्षेत्र बुझेको तथा खेलाडीको भावना बुझ्ने व्यक्ति आउनुपर्ने धारणा पनि राखे।

    उनले अघिल्लो सरकारले घोषणा गरेका केही काम लामो समयसम्म कार्यान्वयन हुन नसकेको दाबी गर्दै वर्तमान सरकारले छोटो अवधिमै खेल क्षेत्रका केही विषयलाई सम्बोधन गरेको बताए। उनका अनुसार खेलाडीका लागि १० करोड रुपैयाँ बराबरको नगद पुरस्कार घोषणा गरिएको छ।

    मन्त्री पोखरेलले एसियन गेम्समा सहभागी हुने खेलाडीलाई थप सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको पनि जानकारी दिए। खेलाडीको मनोबल बढाउने र खेल क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले सरकारले आवश्यक कदम चालिरहेको उनको भनाइ छ।

     


    images
    images

    Logo