images
images

देशका धेरै ठाउँमा वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह


  • 149
    SHARES
  • २०८३ श्रावण १८ गते सोमबार

    देशका धेरै ठाउँमा वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह

    काठमाडौं । देशका मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको हो ।

    पछिल्लो तीन घण्टाको विवरणअनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ । तनहुँमा सबैभन्दा धेरै ५२.४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । आज दिउँसो पनि पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै ठाउँ तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको  तराई भागका  केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

     कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । गण्डकी र बागमती प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

    त्यस्तै पहाडी क्षेत्रको सडकमा यात्रा गर्दा पनि चनाखो रहन र मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।


    images
    images

    Logo