images
images

विश्व बैंकले बढायो नेपाललाइ दिने ऋणको व्याजदर, कति पुग्यो ?


  • 483
    SHARES
  • २०८२ श्रावण १२ गते सोमबार

    विश्व बैंकले बढायो नेपाललाइ दिने ऋणको व्याजदर, कति पुग्यो ?

    काठमाडौं । विश्व बैंकले यही जुलाईदेखि लागू हुने गरी नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन्।

    उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पुर्‍याएको छ। उनले भने, ‘वर्ल्ड बैंकले यही जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ। त्योचाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरी लिने गरेका थियौँ। अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ। यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुई खालको थियो। अब ३० वर्षमा बनाइएको छ।’

    नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रूपमा बढेको उनको भनाइ छ। उनले भने, ‘अब किन बढ्यो त भन्दाखेरि हामी धनी भएर हो। हामी धनी भएको कारणले बढेको हो, कारण अरू केही पनि छैन। गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दा लो लेभलमा थियौँ। त्यो तलको क्याटेगोरीबाट हामी अलिकति माथि आएका छौँ।’

     

     


    images
    images

    Logo