images
images

पोखरामा बस दुर्घटना, २२ जना घाइते


  • 312
    SHARES
  • २०८२ बैशाख ३१ गते बुधबार

    पोखरामा बस दुर्घटना, २२ जना घाइते

    काठमाडौँ। कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।

    दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । बसमा रहेका अधिकांश यात्रु भारतीय पर्यटक हुन् । 

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ जना घाइते भएको ४ जनाको गम्भीर रहेको जानकारी दिए । उनका अनुसार बाँकी चार जना यात्रु सकुशल छन् । 

     


    images
    images

    Logo