images
images

सरकार र शिक्षक महासंघबीच सहमति

विद्यालय शिक्षा ऐन असार १५ भित्र ल्याइने


  • 391
    SHARES
  • २०८२ बैशाख १७ गते बुधबार

    विद्यालय शिक्षा ऐन असार १५ भित्र ल्याइने

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस, एमालेका प्रमुख सचेतकहरू र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

    २९ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँग भएको वार्तामा समिति सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौलाले चालु अधिवेशनकै असार १५ भित्र विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् ।

    हाल विधेयक समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलको क्रममा छ । चैत ८ मा गठन भएको उपसमितिलाई वैशाख २३ भित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको थियो ।

    सरकार र शिक्षक महासंघबीच २० चैतदेखि जारी आन्दोलनका सन्दर्भमा विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्र ल्याउने सहमति भएको हो ।


    images
    images

    Logo