images
images

१० प्रतिशतले बढ्यो मुद्दा दर्ता, चैतमा मात्र करिब १० हजार मुद्दा


  • 355
    SHARES
  • २०८२ बैशाख १६ गते मंगलबार

    १० प्रतिशतले बढ्यो मुद्दा दर्ता, चैतमा मात्र करिब १० हजार मुद्दा

    काठमाडौं । गएको चैत महिनामा देशभर ४ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार चैतमा सबैभन्दा धेरै काठमाडौं उपत्यका १ हजार २ सय ६९ वटा मुद्दा दर्ता भएका छन् ।

    यस्तै प्रदेशगत रूपमा मधेशमा सबैभन्दा धेरै ८ सय ८९ वटा र कर्णालीमा सबैभन्दा कम १ सय ६२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ७ सय ७२, बाग्मतीमा ४ सय ८५, गण्डकीमा ३ सय ६७, लुम्बिीमा ६ सय २२ र सुदूरपश्चिमा ३ सय ४९ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

    चैत महिनामा सबैभन्दा धेरै सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या कुल मुद्दाको २२ दशमलव २८ प्रतिशत रहेको प्रहरीले जनाएको छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६ सय ८१, आत्महत्याका ६ सय ३६, लागूऔषधका ४ सय ७४, चोरीका २ सय ९७, ठगीका १ सय ८३, सवारी ज्यानका १ सय ४९, ज्यान मार्ने उद्योगका १ सय १ र कर्तव्य ज्यान मुद्दाका ३९ वटा मुद्दा दर्ता भएका छन् ।

    मुद्दा दर्ता दर फागुन महिनाको तुलनामा चैतमा १० प्रतिशतले बढेको प्रहरीले जनाएको छ । फागुनमा ४ हजार ४ सय ६८ वटा मुद्दा दर्ता भएको थियो ।


    images
    images

    Logo