images
images

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन, छलफल जारी रहने


  • 385
    SHARES
  • २०८२ बैशाख १३ गते शनिबार

    सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन, छलफल जारी रहने

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता कुनै ठोस निष्कर्षबिना सकिएको छ । शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा सिंहदरबारमा बसेको पहिलाे बैठक नै निष्कर्षविहीन बनेकाे हाे ।

    हिजो शिक्षामन्त्री पन्तले शिक्षकलाई वार्तामा सहभागी हुन आग्रह गरेपछि केही शिक्षक प्रतिनिधि सिंहदरबार पुगेका थिए, तर औपचारिक संवाद हुन सकेको थिएन ।

    आजको छलफलपछि नेपाल शिक्षक महासंघले केवल आफ्ना माग र आन्दोलनबारे जानकारी गराइएको जनाएकाे छ । वार्ता अझै जारी रहने बताए पनि माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने महासंघले स्पष्ट पारेका छ ।

    यद्यपि अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

    शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत्र २० गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूको आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठन, एसईईको उत्तरपुस्तिका मूल्यांकन र कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

    सर्वोच्च अदालतले विद्यालयमा पठनपाठनको वातावरण मिलाउन तीन दिनको आदेश दिएको छ ।

     


    images
    images

    Logo