images
images

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन


  • 296
    SHARES
  • २०८२ बैशाख १२ गते शुक्रबार

    शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन
    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शोक प्रस्ताव परित गरी स्थगन गरिएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगन गरिएको हो । यसअघि स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व बोहोरा संविधानसभा सदस्य पनि थिए । उनी रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको संसद्मा निर्वाचित भएका थिए। अध्यक्ष दाहालले भने, “विसं २००७ चैत १८ गते जन्मिएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।”
     
    सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ । सभाध्यक्ष नारायणप्रसाद दाहालले सभाको १८औँ अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । 


    images
    images

    Logo