images
images

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकियो


  • 343
    SHARES
  • २०८२ बैशाख ८ गते सोमबार

    चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकियो

    काठमाडौँ । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ । उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहीबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा.श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् । त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. सञ्जीव शर्मालाई दिइएको छ ।

    निमित्त उपकुलपतिहरूलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो । चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरूको चार वर्षे कार्यकाल सकिएको थियो ।

    यसअघि पोखरामा पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, धरानमा डा.ज्ञानेन्द्र गिरी, कर्णालीमा डा.मंगल रावल र पाटनमा प्रा.डा.राजेशनाथ गंगोल उपकुलपति थिए । चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।


    images
    images

    Logo