images
images

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस


  • 558
    SHARES
  • २०८२ बैशाख ४ गते बिहीबार

    प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

    बढुवा सिफारिसमा परेका अधिकारीहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।

    खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्, आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा छन् भने पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । यी सबैजना हालका प्रहरी महानिरीक्षक दिपक थापाका ब्याचमेट हुन् ।

    बढुवा सूचीमा चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत छन् । अधिकारी कोशी प्रदेश प्रहरी कार्यालयमा छन् भने केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।

    पूर्व आईजीपी वसन्त कुँवरसहित उनको ब्याचका एआईजीहरू ३० वर्षे सेवा अवधि पूरा गरी २०८१ चैत ४ मा अवकाशमा गएपछि एआईजीका ६ पद खाली भएका थिए । तर, एक महिनासम्म बढुवा प्रक्रिया रोकिएको थियो । एआईजी बढुवा हुन नसक्दा प्रहरी संगठनका ६ महत्वपूर्ण विभाग नेतृत्वविहीन बनेका थिए ।

    सूची


    images
    images

    Logo