images
images

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि साढे ४ प्रतिशत हुने एडीबीको प्रक्षेपण


  • 437
    SHARES
  • २०८१ चैत्र २७ गते बुधबार

    चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि साढे ४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेको थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।  

    अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीको भनाइ छ ।

    अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना पनि एडीबीले देखाएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ । यति हुँदाहुँदै पनि दक्षिण एसियाको भने गत वर्षको ५.८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।

    चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यो आर्थिक वर्षमा थप ९०० मेगावाट उत्पादन बढ्ने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको छ ।


    images
    images

    Logo