images
images

राजावादीको हिंसात्मक आन्दोलनमा को-को परे पक्राउ ?


  • 753
    SHARES
  • २०८१ चैत्र १६ गते शनिबार

    राजावादीको हिंसात्मक आन्दोलनमा को-को परे पक्राउ ?

    काठमाडौं । राजावादीहरुको तीनकुने केन्द्रीत हिंसात्मक आन्दोलनमा एक सय जनाभन्दा बढी पक्राउ परिसक्दा पनि कमाण्डर भनिएका दुुर्गा प्रसाईं अझै फरार छन् । उनी कहाँ छन् र कुन अवस्थामा छन् भन्ने सुुइको पनि प्रशासनले नपाएको वताईन्छ । तर गृहमन्त्री स्रोतका अनुसार प्रसाईं चाँडै नै पक्राउ पर्ने छन् । प्रसाईंलाई प्रशासनले उक्त हिंसात्मक घटनाको प्रमुख अभियुक्त मानेको छ । 

    चैत १५ गते शुक्रबार राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए । जसका कारण २ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । त्यसैगरी एक दर्जन बढी ठाउँमा उनीहरुले आगजनी समेत गरेका थिए । भिडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई शुक्रबार बेलुकै पक्राउ गरिसकेको थियो । यी दुई नामी पूर्व पञ्चहरु सहित निकै जना पक्राउ परिसकेका छन् । यसरी पक्राउ पर्नेमा धर्मगुरु भनिने विवादीत ब्यक्ति पुष्कर खतिवडा समेत रहेका छन् । उनलाई नियन्त्रणमा लिएको प्रहरीले पुुष्टि गरेको छ । 

    त्यसैगरी दुर्गा प्रसाईंले बनाएको ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको बताईएको छ । आफूलाई स्वतन्त्र बताउने स्वागत नेपाल पनि पक्राउ परिसकेका छन् । उनी पछिल्लो समय राजसंस्था पुनःस्थापनाको पक्षमा आक्रामक ढंगले लागिपरेका छन् । 

    तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन चरम हिंसात्मक बनेको थियो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो, जसमा प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गर्नुका साथै, नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी गरेका थिए । त्यसैगरी, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका थिए । उनीहरुले कान्तिपुर र अन्नपूर्ण पोष्ट मिडिया हाउसलाई पनि निसाना बनाएका थिए । त्यसैगरी स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश समेत जारी गरेको थियो ।

    यस घटनामा सय बढी पक्राउ परेको भनिएपनि उनीहरु वारे कुनै तथ्यांक सार्वजनिक भएको छैन । 


    images
    images

    Logo