images
images

राजावादीको आन्दोलनले मच्चायो अराजकता, सुटुक्क भागे दुर्गा प्रसाईँ


  • 877
    SHARES
  • २०८१ चैत्र १५ गते शुक्रबार

    राजावादीको आन्दोलनले मच्चायो अराजकता, सुटुक्क भागे दुर्गा प्रसाईँ

    काठमाडौं । राजसंस्था पुनस्र्थापनाको माग गर्दै गरिएको आन्दोलन अराजक बनेको छ । आन्दोलनका क्रममा काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । आगो निभाउन आएको दमकलमाथि समेत ढुंगामुडा गरिएको छ । 

    आन्दोलनकारीले कान्तिपुर र अन्नपूर्ण पब्लिकेसनमाथि पनि ढुंगा प्रहार गरेका छन् । प्रहरीको बन्दुक खोसिएको छ भने एक महिला प्रहरीको टाउको फुटेको छ । आन्दोलनमा न्यूनको उपस्थिती भएपछि कमान्डर दुर्गा प्रसाईं आत्तिएर अराजक स्थिति बनेको प्रत्यक्षदर्शीको भनाई छ । 

    दुर्गा प्रसाईंको उत्तेजित व्यवहारले स्थिति बिग्रियो

    सुरुमा राजसंस्था पुनस्र्थापनाको माग राख्दै नाराजुलुस गरिएको थियो । तर, जब दुर्गा प्रसाईं आन्दोलनमा देखिए, तब स्थिति एक्कासी बिग्रन थाल्यो । आन्दोलनकारीहरूले जथाभावी ढुंगा हान्ने र घरहरूमा आगजनी गर्ने कार्य गरेका छन् । प्रसाईंको उत्तेजित र अराजक व्यवहारले आन्दोलन हिंसात्मक बनेको आरोप लागिरहेको छ । यतिसम्मकी आगो निभाउन पुगेको दमकलमाथि समेत आन्दोलनकारीले ढुंगा हानेका छन् । प्रसाईंले मनपरी र छाडा शब्दले गाली गलौज गरेको भिडियो भाइरल बनिसकेको छ । आन्दोलनमा सहभागीता सून्य हुनै लाग्दा प्रसाईं पनि सुटुक्क भागेका छन् । भनिन्छ, प्रसाईंलाई प्रहरीले पछ्याईरहेको छ ।

    त्यसैगरि एकृकीत समाजवादीको कार्यालय तोडफोड गरेका छन् भने नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । 

    राजावादी नेताहरूकै वहिष्कारमा आन्दोलन

    राजसंस्थाको समर्थनमा आयोजित जुलुसमा प्रमुख राजावादी नेताहरू भने सहभागी भएनन् । मध्यान्ह तिर पूर्वराजा ज्ञानेन्द्र समेत आउने हल्ला पिटाएपनि आखिरमा राप्रपा नेताहरु नै आन्दोलनमा सहभागी भएनन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, उद्धव पौडेल, रोशन कार्की, ध्रुवबहादुर प्रधान, ज्ञानेन्द्र शाहीलगायतका कुनै पनि नेता आन्दोलनमा देखिएनन् । प्रहरीसँग झडप सुरु भएपछि भने सहभागी नेताहरु नै कुलेलम ठोके । 

    समाजवादीको अनुशासित प्रदर्शन

    स्मरण रहोस्, समाजवादी र राजावादीहरूद्वारा आज राजधानीको फरक–फरक स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । समाजवादीहरूले भृकुटीमण्डपमा गरेको कार्यक्रम अनुशासित र संयमित रहँदा, तीनकुनेमा राजावादीहरूको आन्दोलन अराजक बनेको थियो । भनिन्छ, दुर्गा प्रसाईं आन्दोलन तताउन ठूलो घटना घटाउन चाहान्थे ।

     


    images
    images

    Logo