काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी फेरबदल गरेको छ । उपनिर्देशकबाट बढुवा भएका चार जनालाई नयाँ जिम्मेवारी दिइएको छ भने केही निर्देशकहरूको कार्यक्षेत्र पनि परिवर्तन गरिएको छ ।
प्राधिकरणका अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखाको नेतृत्व दिने निर्णय गरेका छन् । सुशिलदेव सुवेदी कार्यकारी निर्देशकमा बढुवा भएपछि रिक्त भएका तीन निर्देशक पदमा चार जना उपनिर्देशकलाई बढुवा गरिएको हो ।
नयाँ जिम्मेवारी अनुसार, कमल प्रसाद रेग्मीले कानून महाशाखा, पुजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखा, शाम्भराज लामिछानेले नियमन महाशाखा, ध्रुब तिमिल्सिनाले सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीले बीमालेख महाशाखा, र कुन्दन सापकोटाले व्यवस्थापन महाशाखा सम्हाल्ने भएका छन् । नयाँ व्यवस्था बिहीबारदेखि लागू हुनेछ ।



