images
images

नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड


  • 340
    SHARES
  • २०८१ चैत्र १४ गते बिहीबार

    नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

    काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट २ अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । 

    काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ । 

    यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।  

    काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रुपैयाँको खुदो निर्यात भएको छ ।  समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए । 


    images
    images

    Logo