images
images

लक्ष्मी स्टिलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता, सर्वोत्तम सिमेन्टले तिर्यो दोस्रो किस्ता


  • 399
    SHARES
  • २०८१ चैत्र १० गते आइतबार

    लक्ष्मी स्टिलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता, सर्वोत्तम सिमेन्टले तिर्यो दोस्रो किस्ता

    काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरू गरेका छन्।

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लक्ष्मी स्टिलले २३ करोड ७९ लाख रूपैयाँ बक्यौतामध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रूपैयाँ बुझाएको छ । लक्ष्मीले २८ किस्तामा बक्यौता तिर्ने छ।

    यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रूपैयाँ बुझाएको हो।

    सर्वोत्तमको बक्यौता ११ करोड ९६ लाख रूपैयाँ रहेको छ।  

     


    images
    images

    Logo