images
images

८ महिनामा ४२ अर्बको खाद्यान्न आयात, चामलमा मात्रै १२ अर्ब


  • 728
    SHARES
  • २०८१ चैत्र ८ गते शुक्रबार

    ८ महिनामा ४२ अर्बको खाद्यान्न आयात, चामलमा मात्रै १२ अर्ब

    काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा ४२ अर्ब बरारबको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार ४२ अर्बको खाद्यान्नमध्ये १२ अर्बको चामल मात्रै आयात भएको जनाएको छ ।  

    जसमा १२ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबरको १ लाख ५४ हजार मेट्रिकटन चामल आयात भएको हो । यसैगरी ८ लाख ५४ हजार ८ सय ४३ मेट्रिकटन खाद्यान्न आयात हुँदा ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

    यस्तै, विभागका अनुसार चामलसहित धान, गहुँ, मकै लगायत अन्न भित्रिएका छन्। चालु आर्थिक बर्षमा मकै १२ अर्ब ८९ करोड रुपैयाँको २ लाख ४५ हजार मेट्रिक टन भित्रिएको छ ।

    यो मकै अर्जेन्टिना, भारत, ब्राजिल, बङ्गलादेश लगायत मुलुकबाट आयात भएको हो । नेपालले आठ महिनामा मात्रै ५९ मेट्रिक टन धान स्वउत्पादन गरेको छ । तर चालु आवको आठ महिनामा ४ लाख ३६ हजार मेट्रिक टन धान नेपालले आयात गरेको छ । यो धान भित्र्याउँदा १६ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । सो धान नेपालले चीन, भारत र फिलिपिन्सबाट  मात्रै भित्र्याएको हो ।

    फागुनसम्मको अवधिमा नेपालबाट २ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात समेत भएको छ । चालु आर्थिक वर्षमा नेपालले खाद्यान्नमा ४२ अर्ब ९० करोड ६२ लाख ४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । खाद्यान्नको कारोबारबाट राज्यले भन्सार राजस्व ३ अर्ब ८३ करोड ९२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 


    images
    images

    Logo