images
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५ सयले पाए शेयर


  • 349
    SHARES
  • २०८१ चैत्र ५ गते मंगलबार

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५ सयले पाए शेयर

    काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

    कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। 

    कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८ सय ११ जनाले २ करोड २७ लाख ३९ हजार ६ सय ५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए। जसमध्ये १० हजार १ सय २६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६ सय ८५ आवेदन स्वीकृत भएको छ।

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १ लाख ८४ हजार ५ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।


    images
    images

    Logo