images
images

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप, अव कहिलेसम्म दिन पाइन्छ ?


  • 368
    SHARES
  • २०८१ फाल्गुण २८ गते बुधबार

    नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप, अव कहिलेसम्म दिन पाइन्छ ?

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयरमा अब चैत १४ गतेसम्म आवेदन दिन सकिने भएको हो।

    इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९ सय १ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

     


    images
    images

    Logo