images
images

३२ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो


  • 432
    SHARES
  • २०८१ फाल्गुण २७ गते मंगलबार

    ३२ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो ६ दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२१ अंकले घटेर २ हजार ७ सय १९ दशमलव २० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको थियो ।

    मंगलबार कारोबारमा आएका ३२ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक १.९३ प्रतिशत बढेको हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    यस दिन महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।


    images
    images

    Logo