images
images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने


  • 471
    SHARES
  • २०८१ फाल्गुण २१ गते बुधबार

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) फागुन २३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १९ लाख २ हजार ९ सय ८४ आवेदकहरूले २ अर्ब ४५ करोड रुपैयाँ बराबरको २ करोड ४५ लाख ४ हजार ३१० इकाइका लागि आवेदन दिएका थिए। तर १ लाख ८४ हजार ५०० भाग्यशाली आवेदकहरूले मात्र १० कित्ताका दरले कम्पनीको आइपीओ प्राप्त गर्ने छन् । मागभन्दा बढस् आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ ।

    कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाडफाँड गरिसकेको छ भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो ।

    कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।


    images
    images

    Logo