images
images

ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन


  • 425
    SHARES
  • २०८१ फाल्गुण २० गते मंगलबार

    ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ। कम्पनीले गत पुस २३ गतदेखि माघ २९ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।

    कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

    सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  


    images
    images

    Logo