images
images

परराष्ट्रमन्त्रीसँग राजदूतद्वयको भेट


  • 339
    SHARES
  • २०७८ मंसिर १ गते बुधबार

    परराष्ट्रमन्त्रीसँग राजदूतद्वयको भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । 
     
    इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली र कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँगको भेटमा आपसीहितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    त्यसैगरी, युएनडिपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ विकास सहयोग र साझेदारीका विषयमा विचारविमर्श भएको थियो । 


    images
    images

    Logo