एशियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट एशियनले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड नाघ्नेछ ।