images
images

देउवाको प्रश्न, ‘भारतले बिजुली किनिदिएन भने के गर्ने ?’


  • 2.0K
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    देउवाको प्रश्न, ‘भारतले बिजुली किनिदिएन भने के गर्ने ?’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जाको आन्तरिक खपत बढाउनेतिर लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार राजधानीमा आयोजित स्वतन्त्र उर्जा उत्पालक संघको साधारणसभामा कार्यक्रममा देउवाले देशसँग भएको अथाह विद्युत्लाई उपयोग गर्न घरघरमा बिजुलीको चुल्हो बाल्ने, बिजुलीबाटै गाडी चलाउने र उद्योगधन्दा पनि बिद्युत्मा आधारित बनाउदै लैजानुपर्ने बताए । 

    उनले भारतमा विद्युत् बिक्री गर्न समेत सजिलो नभएको संकेत गरे । भारत आफैंले उर्जा उत्पादन गरिरहेको भन्दै नेपाली बिजुली भारतले किनिदिन्छ भन्नृ भर नपर्न सचेत गराए । ‘ हाम्रो बिजुली भारतले किनिदिएन भने के गर्ने,’ देउवाले भने, ‘ भारतले पनि आफैं उत्पादन गर्दैछ । हाम्रो देशसँग यति धेरै बिजुली छ कि भारतले किन्छ भन्ने पनि छैन ।’

    उनले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने प्रवृत्ति त्याग्न उर्जा उत्पादकहरुलाई सुझाव दिए । 'अघि मन्त्रीज्यूले भन्नुभयो, खल्तीमा लाइसेन्स लिएको छ काम गर्दै गर्दैनन्  भनेर । यस्तो त भएन नि ? काम पनि गर्नुपर्यो,' देउवाले भने, 'तपाइँहरुलाई हामीले सहुलियत दिएका दियै छौं । त्यसैले तपाइँहरु ब्याट्रीमा जानुस् ।'

    यस्तो छ देउवाले गरेको सम्बोधन

    हामीले ग्यासको चुल्हो किन बाल्ने ? हामीसँग यति बिजुली छ कि हामी यसबाट गाडी चालउन सक्छौं, । चुल्हो पनि इलेक्ट्रिक हुन सक्दछ । 
    हामी नेपालभरी नै विस्तारै विस्तारै यसरी जानुपर्र्छ जस्तो लाग्छ । र, हामी त्यस्ता उद्योगी व्यापारी साथीहरु हुनुहुन्छ, उहाँहरुलाई हामी इन्सिेन्टिभ दिन तयार छौं । काठमाडौंमा धुवैधुवाँ, धुलैधुलो भइसक्यो । कमसे कम काठमाडौंमा ब्याट्रीबाट बस चल्ने व्यवस्था गरौं । 

    घरमा खाना पकाउन पनि इलेक्ट्रिक चुल्हो बलाऔं । तराई मधेशमा पनि इलेक्ट्रिक कार, इलेक्ट्रिक बस र इलेक्ट्रिक चुल्होहरु चलाउन सक्यौं भने नेपाल नमुना पनि बन्न सक्दछ । नेपालको बिजुली काम पनि लाग सक्दछ । हाम्रो बिजुली भारतले किनिदिएन भने के गर्ने ? भारतले पनि आफैं उत्पादन गर्दैछ । हाम्रो देशसँग यति धेरै बिजुली छ कि भारतले किन्छ भन्ने पनि छैन । 

    भारतमा पनि समस्या आउन सक्छ । त्यहाँ धेरै उद्योगपतिहरु छन् जसले अहिले फोसिल फ्युल प्रयोग गरिरहेका छन् । उनीहरुले चाहेर पनि तत्कालै उद्योग बन्द गर्न सक्दैनन् । यस्तो अवस्थामा हामीले हाम्रो इनर्जी हामी नै खपत गर्न सक्यौं भने विश्वका लागि नेपाल लिडिङ देश बन्न सक्छ । त्यसैले म उद्योगपति साथीहरुलाई के भन्छु भने तपाइँहरु सुरु गर्नुस् सरकारले इन्सिेन्टिभ दिन्छ । 

    खल्तीमा लाइसेन्स लिएको छ काम गर्दै गर्दैनन् । यस्तो त भएन नि ? काम पनि गर्नुपर्यो । तपाइँहरुलाई हामीले सहुलियत दिएका दियै छौं । त्यसैले तपाइँहरु ब्याट्रीमा जानुस् ।


    images
    images

    Logo