images
images

नेपाल टेलिकमको नाफा ४८ प्रतिशतले बढ्यो, ३ महिनामा झन्डै १० अर्बको व्यापार


  • 308
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    नेपाल टेलिकमको नाफा ४८ प्रतिशतले बढ्यो, ३ महिनामा झन्डै १० अर्बको व्यापार

    काठमाडौं । नेपाल टेलिकमको नाफा ४८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा टेलिकमले २ अर्ब २६ करोड रुपैयाँ नाफा गर्न सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा टेलिकमले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    यो अवधिमा कम्पनीले सञ्चालन आम्दानी बापत ९ अर्ब ७७ करोड रुपैयाँ कमाएको छ अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा ८ अर्ब ६३ करोड रुपैयाँ थियो । त्यस्तै, सञ्चालन आम्दानी र अन्य आम्दानी समेत गरी टेलिकमले ३ महिनाको अवधिमा झन्डै १० अर्ब ९५ करोड आम्दानी गरेको छ । यो करिब ९ प्रतिशतको वृद्धि हो । 

    यसरी आम्दानी वृद्धि हुनुमा फोरजीको विस्तार, इफटीटीएच, आईपीटीभि तथा फिक्स्डि नेटवर्कको आय महत्वपूर्ण कारण रहेको छ टेलिमकले जनाएको छ । 


    images
    images

    Logo