काठमाडौं । माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा सुभाष जम्मरकट्टेल नियुक्त भएका छन् । गत २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले जम्मरकट्टेलाई बैंकको कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
उनी बैंकमा कर्पोरेट र पूर्वाधार क्षेत्रको कर्जासम्बन्धी विभाग सम्हाल्दै आएका थिए । त्यसअघि उनी बैंककै प्रमुख वित्त अधिकृत थिए ।