काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमनसम्बन्धी एकीकृत निर्देशिका जारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले गरेको व्यवस्था र त्यसअनुरुप आएका निर्देशनलाई समेत समेटेर राष्ट्र बैंकले निर्देशिका जारी गरेको हो ।
सो निर्देशनमा आइतबार (हिजो) सम्म जारी भएका निर्देशनहरु समावेश गरिएको बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । यो निर्देशिका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि लागु हुनेछ ।
राष्ट्र बैंकले प्रत्येक वर्षको मौद्रिक नीतिले गर्ने नयाँ ब्यवस्थालाई समेटेर नयाँ निर्देशन जारी गर्ने गरेको छ । सो निर्देशनमा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने वित्तीय परिपालना, ग्राहक सेवा, प्राविधि, सुरक्षा लगायत विषयहरु समेटिन्छन् ।



