images
images

बैंकिङ क्षेत्रको समस्यामा अर्थमन्त्रीको चासो, सीईओ र गभर्नरसँग ३ घण्टा छलफल


  • 467
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    बैंकिङ क्षेत्रको समस्यामा अर्थमन्त्रीको चासो, सीईओ र गभर्नरसँग ३ घण्टा छलफल

    काठमाडौं । बैंकिङ क्षेत्रको विद्यमान तरलता संकट र लगानी गर्ने पुँजीको अभावको समस्या समाधान गर्न अर्थ मन्त्रालयले चासो देखाएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बैठक बसेका हुन् । 

    बैठकमा बैकरहरुले विद्यमान सीडी रेसियोसम्बन्धी व्यवस्था, डलर निक्षेपको गणनासम्बन्धी मौद्रिक नीतिपछिको व्यवस्था संशोधन गर्न माग गरेका थिए । अर्थमन्त्रीले बैंकरहरुको समस्या सुनेर समाधानका लागि आवश्यक काम गर्न गभर्नरलाई निर्देशन दिए । त्यस्तै बैंकरहरुलाई समेत अनुत्पादक क्षेत्र कर्जा विस्तार रोकेर उत्पादनमूलक क्षेत्र पठाउन अर्थमन्त्रीले आग्रह गरेका थिए । 

    गभर्नर अधिकारीले सबै कुरा सुने पनि कुनै प्रतिक्रिया नदिएको बैठकमा सहभागी एक बैंकरले बताए । मौद्रिक नीतिको समीक्षा पूर्वसन्ध्यामा यतिबेला विभिन्न क्षेत्रले विद्यमान समस्या समाधान गर्ने आशा गरिरहेका छन् । पुँजी बजारले विद्यमान कर्जा नीति संशोधनको विषय उठाइरहँदा बैंकिङ क्षेत्रले तरलता समस्या समाधानको आशा गरिरहेको छ । 

    तरलता समस्या समाधान गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणको प्रयोग गर्दै आए पनि समाधान नभएपछि नीतिगत रुपमै खुकुलो व्यवस्थाका लागि बैंकहरुले दबाब दिँदै आएका छन् । 


    images
    images

    Logo