images
images

४० थान नक्कली नोट, हातहतियार र अवैधलागु औषध सहित ७ जना पक्राउ   


  • 401
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    ४० थान नक्कली नोट, हातहतियार र अवैधलागु औषध सहित ७ जना पक्राउ   

    काठमाडौं । ४० थान नक्कली नोट हातहतियार र अवैधलागु औषध सहित ७ जना पक्राउ परेका छन् ।  देशका विभिन्न जिल्लाबाट  प्रहरीले उनस्हरुलाई पक्राउ गरेको हो ।  

    हातहतियार सहित पक्राउ 
       
    ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने ३३ वर्षीय कमल थलङ लिम्बुलाई १ थान पेस्तोल, सोही पेस्तोलको २ राउण्ड गोली र १ थान खुकुरी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बो खोजुङ्वा बस्ने ३० वर्षीय बिनोद नाल्बो लिम्बुलाई कमलले सानो पुरानो चापेले कन्चटमा ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

    बारा, महागढीमाई नगरपालिका–५ बगरमपुर बस्ने ४५ वर्षीय मनोज जैसवाललाई १ थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने १  थान गोली र प्रदेश ३ (०२(०१० प ७१२३ नम्बरको मोटरसाइकल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 
     
    बारागढी गाउँपालिका–३ खोपवा बजारस्थित कलैया बस्ने अजय यादबलाई मनोजले कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 
     
    नक्कली नोट सहित पक्राउ   
      
    कैलाली बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् । 

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । 
     
    अवैध लागूऔषध सहित पक्राउ   
     
    राप्ती गाउँपालिका–१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका(२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका छन् । 
     
    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । 
     

     


    images
    images

    Logo