images
images

राजेन्द्र राई बने मुख्यमन्त्री, को को बन्दैछन् मन्त्री ?


  • 512
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    राजेन्द्र राई बने मुख्यमन्त्री, को को बन्दैछन् मन्त्री ?

    काठमाडौं । राजेन्द्र राई प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिसँगै उनले आजै शपथ ग्रहण गर्नेछन् भने आजै मन्त्रीमण्डल समेत विस्तार गर्ने तयारी गरेका छन् । 

    प्रदेश १ सरकारका लागि ५ जना मन्त्रीको नाम फाइनल भइसकेको छ । यसअनुसार समाजवादीका जयराम यादव, काँग्रेसका केदार कार्की र हिमाल कार्की, माओवादीका इन्द्रबहादुर आङ्बो र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकीविष्णुमाया तुम्बाहाङ्फेलाई मन्त्रीको जिम्मेवारी दिइँदैछ । 

    समाजवादीका यादवलाई सामाजिक विकास, काँग्रेसका प्रमुख सचेतक समेत रहेका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय संसदीय दलका उपनेता समेत रहेका हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी तोकिने भएको छ । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ ।


    images
    images

    Logo