images
images

सबै प्रदेश सरकार अब 'एमालेमुक्त', आठवटै सरकारमा काँग्रेसको साझेदारी


  • 364
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    सबै प्रदेश सरकार अब 'एमालेमुक्त', आठवटै सरकारमा काँग्रेसको साझेदारी

    काठमाडौं । २०७४ सालमा भएको निर्वाचन र त्यसलगत्तै भएको एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणपछि तात्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा संघ र देशका ६ वटा प्रदेश सरकारको नेतृत्व थियो । 

    संघीय सरकारमा एमालेका तर्फबाट ओली प्रधानमन्त्री थिए भने ४ वटा प्रदेशमा तात्कालिन एमालेको सरकार थियो । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित संघीय सरकारमा एमालेको नेतृत्व रहँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार थियो । 

    संघीय संसदको प्रतिनिधिसभामा झन्डै २ तिहाई बहुमत रहेको नेकपालाई त्यतिबेला नेपाली इतिहासकै सबैभन्दा शक्तिशाली राजनीतिक दलको रुपमा अथ्र्याइन्थ्यो । तर, संसदमा बराबरी अंकगणित बाँकी रहँदा ४ वर्ष बित्न नपाउँदै सबै सरकारहरु एमालेमुक्त भएका छन् । 

    सोमबार प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश सरकारहरु एमालेमुक्त भएका छन् । यसअघि वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले समेत राजीनामा दिएकी थिइन् । संसदको बहुमतप्राप्त दलको हैसियतमा मुख्यमन्त्री बनेका उनीहरु बहुमत नपाउने निश्चित भएसँगै राजीनामा दिन बाध्य भएका हुन् । 

    अब प्रदेश १ पनि एमालेबाट छुट्टिएको एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । यसअघि वाग्मती प्रदेशमा पनि सोही पार्टीको नेतृत्वमा सरकार गठन भइसकेको छ । 

    उता संसदीय चुनावमा ६३ सिटमा खुम्चिएको नेपाली काँग्रेस यतिबेला संघीय सरकारको नेतृत्व सहित देशका सातवटै प्रदेश सरकारमा सत्ता साझेदार दल बनेको छ । यसमध्ये गण्डकी र लुम्बिनी प्रदेशमा काँग्रेसको नेतृत्व छ । 


    images
    images

    Logo