काठमाडौं । सी बी आई एल क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारणसभा हुने भएको छ ।
कम्पनीको वार्षिक साधारणसभा कात्तिक ५ गते शुक्रबार बिहान ११ बजे सि बी आई एल क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बस्दैछ ।
भदौ ३० गते बसेको सञ्चालक समितिको ८९ औं बैठकले कम्पनीको पन्ध्रौं साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने अर्थात ५ करोड रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह र वित्तीय विवरण अनुमोदन गर्ने छ ।